Day: २०८२ जेष्ठ १४, बुधबार २१:४८ गते

बागमती प्रदेश सरकारको आ.व. २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

बागमती प्रदेश सरकारको आ.व. २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा ११६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नयाँ नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, खेलकुद, रोजगारी प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। यी क्षेत्रहरूलाई समेट्दै प्रदेश सरकारले समावेशी विकास र समृद्धिको बाटो खोल्ने दाबी गरेको छ। प्रदेश सरकारले रोजगारी सृजना गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने योजना, पर्यटन विकासमा लगानी बढाउने नीति, गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने तथा ग्रामीण भेगमा भौतिक पूर्वाधार विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हेर्नुहोस् पूर्णपाठ–
Read More
हेटौंडामा सम्पन्न भयो पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला, १३ बुँदे घोषणापत्र जारी

हेटौंडामा सम्पन्न भयो पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेला, १३ बुँदे घोषणापत्र जारी

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला हेटौंडामा सम्पन्न भएको छ। दुई दिनसम्म चल्ने भेला १३ बुँदे "हेटौंडा घोषणापत्र" जारी गर्दै समापन गरिएको हो। भेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, महासंघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, १३ वटै जिल्लाका शाखा प्रतिनिधिहरु र विभिन्न पत्रकार संगठनका प्रमुखहरूको उपस्थिति थियो। घोषणापत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारहरूको सुरक्षा, सामाजिक सुरक्षामा समावेशीकरण, सञ्चारमाध्यमलाई उद्योगको मान्यता, सहुलियत ऋण, तथा लोककल्याणकारी सुविधाको माग गरिएको छ। साथै, सरकारी अस्पतालमा पत्रकारहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चारकर्मीका…
Read More
हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा फुटबल एकेडेमीलाई फलफूल सहयोग

हेटौंडा । समाजसेवामा सक्रिय संस्था 'सेवा, सहयोग र आवाजमा हामी'ले हेटौंडा फुटबल एकेडेमीलाई फलफूल तथा खानेपानी सहयोग गरेको छ। चितवनको रत्ननगरमा जारी दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हेटौंडा फुटबल एकेडेमीलाई उक्त सहयोग प्रदान गरिएको हो। संस्थाका अध्यक्ष विशालराज महतको नेतृत्वमा बुधबार संस्थाको टोली एकेडेमीको प्रशिक्षण स्थल हेटौंडा–४, हुप्रचौर पुगेर खेलाडीहरूलाई स्याउ, केरा र पानी वितरण गरेको थियो। एकेडेमीले प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर फुटबल क्लबलाई ४–३ को टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ। अध्यक्ष महतले एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई चितवन प्रस्थान गर्नु अघि नै सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए। मकवानपुर जिल्लाबाट बाह्य प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हौसला…
Read More
‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

‘प्रदेशको पहिचान झल्किने गरी बजेट ल्याउन’ कांग्रेस बागमती प्रदेशको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सरकारले आउँदो नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्दा प्रदेशको पहिचान झल्किने गरी योजना ल्याउन स्पष्ट निर्देशन दिएको छ। हेटौंडामा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले बागमती प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा आवश्यकता र औचित्यमाथि आधारित भएर नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिएको हो। बैठकले पछाडि पारिएका भौगोलिक क्षेत्र तथा सिमान्तकृत समुदाय, दलित, अल्पसंख्यक, अपाङ्गजस्ता वर्गलाई निशुल्क शिक्षा उपलब्ध गराउने, किसान, महिला र युवालाई रोजगारीमा जोड दिने कार्यक्रम समेटेर बजेट ल्याउन आग्रह गरेको छ। प्रदेशका मुख्यसचिव राजु नेपालका अनुसार बैठकले बागमती प्रदेश सरकारलाई समावेशी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.