मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा ११६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नयाँ नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, खेलकुद, रोजगारी प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। यी क्षेत्रहरूलाई समेट्दै प्रदेश सरकारले समावेशी विकास र समृद्धिको बाटो खोल्ने दाबी गरेको छ।
प्रदेश सरकारले रोजगारी सृजना गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने योजना, पर्यटन विकासमा लगानी बढाउने नीति, गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने तथा ग्रामीण भेगमा भौतिक पूर्वाधार विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हेर्नुहोस् पूर्णपाठ–
प्रतिकृया दिनुहोस्
























