हेटौंडा । हेटौंडा–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
मुख्य समारोहमा बोल्दै मन्त्री सिलवालले सहकारी संस्थाहरूलाई उत्पादनमुखी क्षेत्रमा जोडेर ऋण प्रवाह गर्न आवश्यक रहेको बताउँदै यस्ता संस्थाहरू राष्ट्रिय आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायत वक्ताहरूले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आ–आफ्नो धारणा राखेका थिए।
स्थापना दिवसको अवसरमा सहकारीले विभिन्न साप्ताहिक कार्यक्रम सञ्चालन गरेको थियो। जेठ ३ गते बालबचतकर्ताहरूलाई लक्षित गर्दै आयोजित चित्रकला प्रतियोगितामा जानकी चौरेल प्रथम, सुविस्मा बोलखे द्वितीय, माहिर पराजुली तृतीय र पल्लवी तिमल्सिना सान्त्वना विजेता बने।
त्यसैगरी हस्तलेखन प्रतियोगितामा ८–१० वर्ष समूहमा आर्यन दाहाल प्रथम, सिसम रायमाझी द्वितीय, आर्या दुलाल तृतीय र गरिमा दहाल सान्त्वना भइन्। १०–१२ वर्ष समूहमा लक्ष्मी गुप्ता प्रथम, सिद्धार्थ राना द्वितीय, प्रजिता गौतम तृतीय र आरोही पौडेल सान्त्वना भइन्। १२–१५ वर्ष समूहमा रेश्मा शिवभक्ती प्रथम, कौशिला पराजुली द्वितीय, श्रद्धा श्रेष्ठ तृतीय र रिदम पौडेल सान्त्वना बने।
यस्तै, जेठ ८ गते बकैया गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा प्रविना नेपाली प्रथम, इन्द्रकुमारी स्याङ्बो द्वितीय, कञ्चन थिङ तृतीय तथा अनुष्का थापा र सामना गोले सान्त्वना विजेता घोषित भए। सबै विजेताहरूलाई शनिबारको कार्यक्रममा प्रमाणपत्र र पुरस्कार प्रदान गरियो।
स्थापना दिवसको अवसरमा सहकारीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै खबरसहकारी डटकम का सम्पादक श्रीराम अर्जुनलाई विशेष सम्मान प्रदान गरेको छ। साथै योगविज्ञ रामकृष्ण थापा र हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालालाई पनि विशेष व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो।
कार्यक्रममा सहकारीका असल बचतकर्ता र ऋणी सदस्यहरूलाई सम्मान गरिनुका साथै संस्थापक, पूर्व समिति, हालको समिति, उपसमिति र कर्मचारीहरूबीच अनुभव आदान–प्रदान तथा समीक्षा कार्यक्रम समेत गरिएको थियो।
सहकारीका सचिव सिताराम दाहालका अनुसार, स्थापना दिवसको सन्दर्भमा जेठ १२ गते दुई दिने “कोन धुप” बनाउने तालिम, जेठ १४ गते बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम तथा गोरक्षश्वर संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरिनेछ।
कार्यक्रममा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, संस्थाका पूर्व अध्यक्ष नुरप्रसाद गौतम, नेफ्स्कुन हेटौंडाका सदस्य राजुप्रसाद गौतम, जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका विक्रम पौडेल, यूवा साकोसका बलराम घिमिरे, साइराम साकोसकी उपाध्यक्ष संचिता भट्टराई, कानूनी सल्लाहकार अरुणकुमार खतिवडालगायतको उपस्थिति रहेको थियो।