समाचार

हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडा । लागूऔषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा मकवानपुर प्रहरीले साउन २ र ३ गते विशेष अभियान चलाएर ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा तथा आसपासका विभिन्न स्थानमा छापा मार्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ र ५ का २०–२० वर्षीय दुई युवक, भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया युवती, मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीकी १९ वर्षीया युवती छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, हेटौंडा–१५…
Read More
हेटौंडामा ‘पहिलो पाईला’ को समर क्याम्प सम्पन्न

हेटौंडामा ‘पहिलो पाईला’ को समर क्याम्प सम्पन्न

हेटौंडा । हेटौंडा २ स्थित ‘पहिलो पाईला’ शिशु स्याहार केन्द्रको समर क्याम्प सम्पन्न भएको छ । बालबालिकाको मनोरञ्जनको लागि समर क्याम्पको आयोजना गरेको शिशु स्याहार केन्द्रका संचालक अरुणराज सुमार्गीले बताए । कार्यक्रमको उदेश्य बालबालिकाको सर्वाङ्गिण बिकास नै हो प्रदेशको राजधानी हेटौंडामा यो पहिलो पटक पहिलो पाइलाले आयोजना गरेको हो सुमार्गीले जानकारी दिए । माध्यामिक शिक्षा बिकास परिषद हेटौंडाका प्रमुख बद्री बहादुर पाठकले कार्यक्रमको रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा सोचेभन्दा बढी बालबालिकाको उपस्थिति रहेको पहिलो पाइलाकी प्रमुख अङ्किता सुमार्गीले बताइन् । क्याम्पमा नेपालका चर्चित जादुगर बलराम सरकारको जादुमय प्रस्तुति , युवा गायक दिपेस श्रेष्ठको गायन , कोरियोग्राफरको नृत्य ,…
Read More
मकवानपुर जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न, रेडक्रस अभियान सशक्त बनाउने निर्णय

मकवानपुर जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न, रेडक्रस अभियान सशक्त बनाउने निर्णय

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडाको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीमा रेडक्रसलाई शैक्षिक संस्थामा अभियानको रूपमा अघि बढाउने विषयमा केन्द्रित छलफल भएको थियो। कार्यक्रममा जुनियर/युवा रेडक्रस सर्कलको गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी सञ्चालन गर्ने, पालिका स्तरमा प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिमहरू सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएका छन्। रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति संयोजक शिवहरि दाहालले आगामी भदौ १३ र १४ गते अरनिको मावि, हेटौंडा–१९ नेवारपानीको…
Read More
हेटौंडामा लागूऔषधसहित पाँच युवक र एक महिला पक्राउ, अनुसन्धान जारी

हेटौंडामा लागूऔषधसहित पाँच युवक र एक महिला पक्राउ, अनुसन्धान जारी

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मार्दै लागूऔषध कारोबारमा संलग्न आरोपमा पाँच जना युवक र एक जना महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार, साउन २ गते हेटौंडा उपमहानगरपालिका–२, पुरानो मनकामनापथस्थित डेरामा बस्दै आएका २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको हो। बिहान ११:३० बजे खटिएको प्रहरी टोलीले उनको शरीर तथा कोठा खानतलासी गर्दा लुकाइछिपाई राखिएको १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यस्तै, साउन…
Read More
हेटौंडामा आठौँ कोरा साइकल च्यालेन्ज साउन ३ गते हुने

हेटौंडामा आठौँ कोरा साइकल च्यालेन्ज साउन ३ गते हुने

हेटौँडा । हेटौँडामा साइकलयात्राको प्रवर्द्धन र धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित कोरा साइकल च्यालेन्जको आठौँ संस्करण साउन ३ गते आयोजना हुने भएको छ। हेटौँडा राइडर्स क्लबको आयोजनामा हुने उक्त साइकल च्यालेन्जबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार, हेटौँडा सहरलाई साइकलसँग जोड्ने र स्थानीय तीर्थस्थल तथा बस्तीहरूलाई चिनाउने उद्देश्यले कोरा साइकल यात्रा २०१८ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ। यस वर्षको च्यालेन्जमा ५० किलोमिटर लामो दूरीको साइकल यात्रा हुनेछ, जसमा १२ वर्षभन्दा माथिका महिला र पुरुष सहभागी हुन पाउनेछन्। च्यालेन्जमा मकवानपुरसँगै चितवन, बारा, पर्सा र काठमाडौँबाट समेत साइकलयात्रीहरूको सहभागिता रहनेछ। यसपटक ३…
Read More
हेटौँडा स्कूल अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्तिमा शिक्षाशास्त्र पढाउने, दक्ष शिक्षक उत्पादन गर्ने

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्तिमा शिक्षाशास्त्र पढाउने, दक्ष शिक्षक उत्पादन गर्ने

हेटौंडा । देशभरि देखिएको शिक्षक अभावलाई मध्यनजर गर्दै हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने भएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने तयारी गरिएको छ। विद्यालयका प्राचार्य पुरन बहादुर जोशी र नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले संयुक्त रूपमा कार्यक्रमको घोषणा गर्दै दक्ष शिक्षक उत्पादन गर्ने दीर्घकालीन योजनासहित यो शैक्षिक पहल ल्याइएको जानकारी दिए। प्रारम्भमा कक्षा ११ का लागि नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्ययन गराउने र ३० जना विद्यार्थीलाई शिक्षाशास्त्रमा भर्ना लिने योजना बनाइएको छ। पूर्ण छात्रवृत्तिसहित सञ्चालन…
Read More
‘नमस्कार साप्ताहिक’द्वारा सहयोग

‘नमस्कार साप्ताहिक’द्वारा सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडास्थित् ‘नमस्कार साप्ताहिक’पत्रिकाद्वारा मनहरी गाउँपालिका अन्तरगतको जनजाति उत्थान प्राविलाई भुइँखाट किन्न ३६ हजार रुपैयाँ सहयोग गरेको छ । शिशुकक्षाका बालबालिका चिसो भुइँमा बसेर पढ्न परेको बाध्यतालाई मध्य नजर गर्दै बालबालिकालाई पढ्न सुबिधा होस् भन्ने उदेश्यले खाट किन्न सहयोग स्वरुप ३६ हजार सहयोग गरेको साप्ताहिकका प्रकाशक कमलचन्द्र सुमनले बताए । प्रकाशक सुमनले विद्यालयमा पुगि विद्यालयका प्रधानाध्यापक नारायण उप्रेतीलाई ३६ हजार को चेक हस्तान्तरण गरेका हुन् । यस्तै साप्ताहिकले बकैया गाउँपालिका वडा नम्बर ५ राजदमार बस्ने बिराज गोलेलाइ विद्यालय पोशाक खरिद गर्नको लागि ५ हजार रुपैयाँको चेक प्रदान गरेको छ । गोले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा…
Read More
मकवानपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट, चालु आर्थिक वर्षमा २८८६ मुद्दा टुङ्गियो

मकवानपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट, चालु आर्थिक वर्षमा २८८६ मुद्दा टुङ्गियो

हेटौँडा । जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा आफ्नो वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ। अदालतले चालु आर्थिक वर्षमा २ हजार ८ सय ८६ मुद्दा फछ्र्यौट गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। जिल्ला अदालतले चालु आर्थिक वर्षका लागि २ हजार ७ सय ३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यभन्दा १ सय २९ मुद्दा बढी फछ्र्यौट गर्न अदालत सफल भएको हो। अदालतकी श्रेस्तेदार रोशी भण्डारीका अनुसार चालु आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले कुल मुद्दामध्ये ६९.११ प्रतिशत फछ्र्यौट गरेको छ भने वार्षिक लक्ष्यको आधारमा १०४.७१ प्रतिशत लक्ष्य प्राप्ति गरेको छ। भण्डारीका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी…
Read More
हटियामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, ८ करोड बढीको लागतमा निर्माण हुने

हटियामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, ८ करोड बढीको लागतमा निर्माण हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालको मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्नुभएको हो। बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयनमा ल्याइने यो परियोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण गरिनेछन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शैयाको अस्पताल निर्माण गर्ने योजना रहेको छ। यसको पहिलो चरणमा १५ शैयाको अस्पताल निर्माण सुरु भइसकेको छ। निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माण कार्य अघि बढाइनेछ। कुल…
Read More
बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामरा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामरा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा सिसिटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइएको छ। मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी जडान तथा सञ्चालन कार्यक्रमको उद्घाटन गर्नुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै निगरानी र अपराध रोकथामलाई प्रभावकारी बनाउन प्रदेशभरका ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो। उद्घाटन समारोहमा मन्त्री लामिछानेले क्यामरा जडानले प्रदेशको शान्ति सुरक्षालाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रहरी कार्यालयका नयाँ भवन निर्माण, संरचना सुधार र थप क्यामरा जडानका लागि आगामी वर्षका लागि ३ करोड रुपैयाँ बजेट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.