हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडास्थित् ‘नमस्कार साप्ताहिक’पत्रिकाद्वारा मनहरी गाउँपालिका अन्तरगतको जनजाति उत्थान प्राविलाई भुइँखाट किन्न ३६ हजार रुपैयाँ सहयोग गरेको छ ।
शिशुकक्षाका बालबालिका चिसो भुइँमा बसेर पढ्न परेको बाध्यतालाई मध्य नजर गर्दै बालबालिकालाई पढ्न सुबिधा होस् भन्ने उदेश्यले खाट किन्न सहयोग स्वरुप ३६ हजार सहयोग गरेको साप्ताहिकका प्रकाशक कमलचन्द्र सुमनले बताए ।
प्रकाशक सुमनले विद्यालयमा पुगि विद्यालयका प्रधानाध्यापक नारायण उप्रेतीलाई ३६ हजार को चेक हस्तान्तरण गरेका हुन् । यस्तै साप्ताहिकले बकैया गाउँपालिका वडा नम्बर ५ राजदमार बस्ने बिराज गोलेलाइ विद्यालय पोशाक खरिद गर्नको लागि ५ हजार रुपैयाँको चेक प्रदान गरेको छ । गोले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा कक्षा ११ मा अध्ययनरत छन् ।
प्रतिकृया दिनुहोस्































