२०८२ असार ३१, मंगलवार १२:२८ गते
२०८२ असार ३१, मंगलवार १२:२८ गते
हेटौँडा । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको घटनाले अखिल नेपाल महिला संघ (समाजवादी) स्तब्ध भएको जनाएको छ। घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। गत असार २८ गते राति भएको उक्त घटनामा आउजीलाई सर्पले टोकेपछि उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण नेपालमा महिनावारी हुँदा कोही महिलाहरू स्वतःस्पुर्त, कोही परिवार र समुदायको दबाबमा परी अझै पनि छाउगोठ बस्न बाध्य छन्।” महिलाको समानताको हक संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको…