हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ सञ्चालन, प्राकृतिक स्वादयुक्त सोडा उपलब्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ नामक नयाँ व्यवसाय शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। गर्मी यामलाई लक्षित गर्दै सुरु गरिएको सो सोडा हाउसले स्वादिलो, ताजगीयुक्त र स्वास्थ्यलाभदायक पेय पदार्थ उपलब्ध गराउने लक्ष्य राखेको छ।

सोडा हाउसका प्रोप्राइटर सुशान्त ढुंगानाका अनुसार यहाँ आँप, सुन्तला, मसला, लेमन, ब्लुबेरी, स्ट्रबेरी, स्वीट लेमन, ‘ह्याङओभर सोडा’ लगायतका विभिन्न स्वादका सोडाहरू उपलब्ध छन्। “हामीले स्वच्छता, स्वाद र गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं,” ढुंगानाले भने।

उनका अनुसार यहाँ आयुर्वेदिक मसला मिश्रित ग्यास्ट्रिक सोडा पनि पाइनेछ, जुन पाचनमा मद्दत गर्ने विश्वास गरिएको छ। उनले थपे, “बजारमा पाइने धेरै बोटलिङ्ग ड्रिङ्कमा रसायनको प्रयोग हुने हुँदा हामीले प्राकृतिक स्वादयुक्त र स्वास्थ्यका लागि सुरक्षित सोडा प्रदान गर्न खोजेका हौं।”

सोडा हाउसले ग्राहकहरूको रुचि र सुझावका आधारमा भविष्यमा अन्य नयाँ आइटमहरू पनि थप गर्ने योजना बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.