हेटौंडा । हेटौंडा २ स्थित ‘पहिलो पाईला’ शिशु स्याहार केन्द्रको समर क्याम्प सम्पन्न भएको छ । बालबालिकाको मनोरञ्जनको लागि समर क्याम्पको आयोजना गरेको शिशु स्याहार केन्द्रका संचालक अरुणराज सुमार्गीले बताए ।
कार्यक्रमको उदेश्य बालबालिकाको सर्वाङ्गिण बिकास नै हो प्रदेशको राजधानी हेटौंडामा यो पहिलो पटक पहिलो पाइलाले आयोजना गरेको हो सुमार्गीले जानकारी दिए । माध्यामिक शिक्षा बिकास परिषद हेटौंडाका प्रमुख बद्री बहादुर पाठकले कार्यक्रमको रिबन काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सोचेभन्दा बढी बालबालिकाको उपस्थिति रहेको पहिलो पाइलाकी प्रमुख अङ्किता सुमार्गीले बताइन् । क्याम्पमा नेपालका चर्चित जादुगर बलराम सरकारको जादुमय प्रस्तुति , युवा गायक दिपेस श्रेष्ठको गायन , कोरियोग्राफरको नृत्य , बालबालिकाको चित्रकला प्रदर्शन , सुइमिङ्ग , पुरस्कार बितरण साथै बालबालिकाको मनपर्ने खाना , जुस , आइसकृमको पनि ब्यवस्था गरिएको थियो भने चोटपटकबाट जोगाउन बिध्यालय नर्सको समेत ब्यवस्था गरेको थियो ।

हेटौंडा ११ को स्मारक होटलमा आयोजना गरेको क्याम्पमा हेटौंडाका मन्टेस्वरी , सामुदायिक बिध्यालय , निजी बिध्यालयका १३ वर्षसम्मका बालबालिकाको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ । हेटौंडा एकेडेमीको आर्थिक सहयोगमा गरिएको कार्यक्रमले राम्रो सन्देश प्रवाह हुने आयोजखरुको बिश्वास छ ।




































































