सत्ता लम्बिनेमा ढुक्क बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ आफ्नो सत्ता लम्बिनेमा ढुक्क देखिएका छन् । नेपाली कांग्रेसस“ग २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको दावी नेकपा एमालेले गरिरहेको अवस्थामा मुख्यमन्त्री बानिया“को पछिल्लो अभिव्यक्तिले सत्ताको नेतृत्व उनले नै गरिरहने संकेत देखाएको हो । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो ‘क्याविनेट’का मन्त्रीहरुलाई दाया“बाया“ राखेर कांग्रेस संसदीय दलका नेता समेत रहेका बानिया“ले एमालेस“ग सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा भएको भनिएको सहमतिबारे आफू अनविज्ञता रहेको जनाएका छन् ।

‘दुई दलबीच भएको भागबण्डाको कुरा मलाई थाहा छैन । पार्टी नेतृत्वलाई पनि यसबारे जानकारी छैन । यहा“ दुवै दलका मन्त्री ज्युहरू हुनुहुन्छ, उहा“हरूलाई पनि थाहा छैन’, बानिया“ले भनेका थिए । कांग्रेसस“ग सहमति हु“दा तत्कालीन समयमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा रहेको एमालेले बताउ“दै आएको छ । लामा मुख्यमन्त्री रह“दा नै बानिया“ले संसदीय दलमा अल्पमतमा पारेर आफू सत्तारोहण गरेका थिए । त्यसकारण उनले विगतको सहमतिको विषयमा अनविज्ञता जनाएको दावी एमाले सांसदको छ ।

तत्कालीन सहमति अनुसार लामाले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई सत्ताको सा“चो हस्तान्तरण गर्नुपर्ने माग एमालेभित्र जोडतोडले उठिरहेको छ । थपलियाले पूर्वसहमति अनुसार आफूले सरकारको नेतृत्व गर्ने समय आइसकेको समेत बताइरहेका छन् । तर बानिया“ले सहमतिको विषयमा आफू जानकार नभएको दावी गरिरहेका छन् । साउन २० गते मुख्यमन्त्री बनेका उनले आफूले प्रदेशभित्र शासकीय सुधारको कार्य अगाडि बढाएको, प्रादेशिक संरचना निर्माणका लागि जग्गा प्राप्ति गरी प्रक्रिया सुरु गरेको, मुख्यमन्त्रीले नया“ बजेट ल्याउन पाउनुपर्ने र हालको राजनीतिक अवस्थाका कारण सत्तारुढ दलभित्र विवाद गर्न नहुने तर्क आन्तरिक बैठकमा गरिरहेका छन् ।

सरकारको नेतृत्व पूरै अवधि गर्नका लागि बानिया“ले एमालेलाई फकाउने रणनीति अबलम्न गरेको देखिन्छ । उनले मन्त्रालयको संख्या तत्काल नघटाउने र एमालेलाई रिक्त रहेको सभामुख पद दिने योजना बनाएका छन् । सरकारले गठन गरेको शासकीय सुधार समितिले मन्त्रालयको संख्या १४ बाट घटाएर मुख्यमन्त्रीसहित ७ मन्त्रालयमा सीमित गर्न प्रतिवेदन उपलब्ध गराएको छ । तत्काल मन्त्रालयको संख्या घटाउ“दा सदनमा मन्त्री हेरफेर हुने र जसका कारण आफ्नो दल र एमालेभित्र उनलाई सत्ता छोड्न दवाव सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गरी कम्तिमा चालु आर्थिक वर्षसम्म मन्त्रालयको संख्या नघटाउने तयारीमा उनी देखिन्छन् । ‘तपाईं ढुक्क हुनुहोस् ।

यस आर्थिक वर्षमा मन्त्रालयको संख्या घट्दैन । सरकार पनि दाया“बाया“ हु“दैन’, एक मन्त्रीले भने । हाल एमालेबाट मन्त्रिपरिषद्मा रहेकाहरु पनि वर्तमान राजनीतिक अवस्थाका कारण सरकार फेरबदल गर्न नहुने पक्षमा रहेको स्रोतले जनाएको छ । करिब ५ महिनापश्चात् मंगलबार दिउ“सो ४ बजे बागमती प्रदेशसभाको बैठक बसेको छ । जेनजी आन्दोलनपश्चात् तत्कालीन सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपश्चात् रिक्त रहेको पदमा यसै हिउ“दे अधिवेशनमा निर्वाचन हु“दैछ । वर्तमान सत्ता गठबन्धनबाटै सहजै सभामुख चयन हुने अवस्थामा कांग्रेस र एमाले दुबैले दावी गर्ने तयारी गरिरहेका छन् । आफ्नो नेतृत्व लम्ब्याउनका लागि मुख्यमन्त्री बानिया“ले सभामुख पद एमालेलाई छाड्ने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ । एमालेभित्र हालको उपसभामुख अप्सरा चापागाईंले आफ्नो दावी स्वभाविक रहेको बताइरहेकी छन् । ‘सभामुखमा मेरो दावी स्वभाविक हो । मैले उपसभामुख पद चलाइसकेको छु । आफ्नो दलभित्र मेरो दावी रहन्छ’, उनले भनिन् ।

किचलो गर्दैनौं, सहजै बाटो खुल्छ : थपलिया

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सत्ताको सा“चो हस्तान्तरणको विषयमा आफूहरु विवाद र किचलो नगर्ने बताएका छन् । उनले नेपाली कांग्रेस जिम्मेवार पार्टी भएको र लिखित रुपमा भएको सहमति सहजै कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको बताए । ‘कांग्रेसको तत्कालीन नेतृत्वस“ग हाम्रो सहमति भएको हो । त्यो सहमति कार्यान्वय हुनेमा हामी ढुक्क छौं’, उनले भने । सरकारलाई सफल बनाउने एमालेले भूमिका निर्वाह गरिरहेको समेत थपलियाको दावी छ । ‘हामी एउटै सरकारमा छौं । नेतृत्वलाई सफल बनाउन काम गरिरहेका छौं’, उनले भने, ‘सभामुख चयन, मन्त्रालयको संख्या घटाउने र नेतृत्व परिवर्तनको विषयमा सहमतिमै हाम्रो गठबन्धन अगाडि बढ्नेछ ।’

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.