बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवस हेटौंडामा सम्पन्न

हेटौंडा — बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो आठौं स्थापना दिवस हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गर्दै मनाएको छ। कार्यक्रममा मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत को सभाध्यक्षता रहेको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले कार्यालयको जिम्मेवारी, कार्यक्षेत्र तथा अधिकारबारे प्रकाश पार्दै आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न गतिविधिहरूको समग्र विवरण प्रस्तुत गरिन्। उनले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा कार्यालयले गरेका पहलहरूबारे पनि जानकारी दिइन्।

उक्त अवसरमा सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिदु श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमकै क्रममा कार्यालयमा कार्यरत सहयोगी कर्मचारी चन्द्रावती अधिकारी लाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रम सञ्चालन कार्यालय प्रमुख उपन्यायाधिवक्ता प्रकाश घिमिरे ले गरेका थिए भने स्वागत मन्तव्य सहायक न्यायाधिवक्ता राजेन्द्र मणि पौडेल ले व्यक्त गरेका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.