हेटौंडामा लागू औषधसहित एक व्यक्ति पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ९ ग्राम ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ करिब ६ बजे सवारी साधनहरू रोक्दै नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले सो पदार्थ बरामद गरेको हो।

बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ५१३ नम्बरको यात्रुबाहक EV गाडीमा सवार चितवन जिल्ला, भरतपुर महानगरपालिका–१२ बस्ने २७ वर्षीय लभ ठकुरीलाई शंका लागी प्रहरीले तलासी लिँदा उनको साथबाट उक्त लागू औषध फेला परेको हो।

खैरो हेरोइन जस्तो देखिने उक्त प्रतिबन्धित पदार्थ बरामद गरी ठकुरीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.