नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठन बैठक सम्पन्न

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठनको बैठक सम्पन्न भएको छ। बैठकले आगामी २०८२ साल भदौ मसान्तभित्र जिल्लाभित्रका सबै जनवर्गीय संगठनहरूको बैठक, भेला तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकको अध्यक्षता पार्टी जिल्ला सचिव तथा मोर्चा प्रमुख किशोर बर्तौलाले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राजाराम स्याङतान प्रमुख अतिथि रहेका थिए।

सो अवसरमा पार्टी मकवानपुर जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, जिल्ला उपाध्यक्ष ध्रुव बहादुर भुजेल, बागमती प्रदेश सदस्य कल्पना विक, कार्यालय सचिव तिलक प्रसाद अधिकारी लगायत जनसंगठनका इन्चार्ज, अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको थियो।

बैठकले संगठन सुदृढीकरण र आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन विभिन्न कार्ययोजना पनि तय गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.