Day: २०८२ श्रावण २३, शुक्रबार २०:१५ गते

नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठन बैठक सम्पन्न

नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठन बैठक सम्पन्न

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको मोर्चा संगठनको बैठक सम्पन्न भएको छ। बैठकले आगामी २०८२ साल भदौ मसान्तभित्र जिल्लाभित्रका सबै जनवर्गीय संगठनहरूको बैठक, भेला तथा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकको अध्यक्षता पार्टी जिल्ला सचिव तथा मोर्चा प्रमुख किशोर बर्तौलाले गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राजाराम स्याङतान प्रमुख अतिथि रहेका थिए। सो अवसरमा पार्टी मकवानपुर जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, जिल्ला उपाध्यक्ष ध्रुव बहादुर भुजेल, बागमती प्रदेश सदस्य कल्पना विक, कार्यालय सचिव तिलक प्रसाद अधिकारी लगायत जनसंगठनका इन्चार्ज, अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरण र आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन विभिन्न कार्ययोजना पनि तय…
Read More
व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा हेटौँडाका युवक पक्राउ

व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा हेटौँडाका युवक पक्राउ

हेटौँडा । ज्यान मार्ने उद्योग मुद्दाका आरोपित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने ३८ वर्षीय हरी भन्ने बुद्ध मोक्तानलाई प्रहरीले सोमबार राति ११:४० बजे पक्राउ गरेको हो। मोक्तानलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि गत २९ जेठ २०८२ गते दिउँसो करिब १ बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि फलामे रड, काठको बेलना र नक प्रयोग गरी प्रहार गरी घाइते बनाएको आरोप छ। घटनापछि मोक्तान फरार रहेका थिए। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडामा पेश…
Read More
स्वास्थ्य मन्त्री थापाको निर्णय: अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा निर्णय

स्वास्थ्य मन्त्री थापाको निर्णय: अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा निर्णय

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) मार्फत ३ वटा महत्त्वपूर्ण निर्णयहरु गर्नुभएको छ।  बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली बिकास गर्ने निर्णय गर्नुभएको हो। स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो। यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गर्नुभयो । यस्तै स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ। यस्तै प्रदेशभर आयुर्वेद तथा बैकल्पिक  चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.