हेटौँडामा शंकरज्योति माविलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११, सिमलटारस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको तर्फबाट इलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ।

समितिको २५औं स्थापना दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा प्रदान गरिएको यो सहयोग सामग्री विद्यालयमा एक कार्यक्रमका बीच समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई हस्तान्तरण गरे।

अध्यक्ष अधिकारीले संस्थाले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भएर कार्य गर्दै आएको जानकारी दिए। उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि अत्यन्त आवश्यक भएको बताए।

प्रधानाध्यापक रिजालले सहयोगप्रति आभार प्रकट गर्दै भने, “स्वस्थकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभूत आवश्यकता हो। यस्तो सहयोगले विद्यार्थीहरूको स्वास्थ्यमा सुधार ल्याउनुका साथै सिकाइमा प्रेरणा दिनेछ।”

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक रोशन पराजुली, समितिकी उपाध्यक्ष सती न्यौपाने, उप–सचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरू, साथै वडा समन्वय समिति, हेटौँडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्यलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.