हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडा बजारको मुख्य सडकहरुमा परेको खाल्डाखुल्डीले सवारी दुर्घटना बढ्न थालेको छ । पानी नपरेको बेलामा खाल्डाखुल्डी देखिन्छ सवारी चालकहरुलाई केही सहज हुन्छ दिनको समयमा । राती, पानी परेर पानीले खाल्डा भरिएको बेलामा भने दुर्घटना हुने ठुलो डर हुन्छ ।

‘‘हाम्रै अगाडि कतिचोटी बाइक एक्सिडेन्ट् भएर हामीले तुरुन्त हस्पिटल लग्दा मान्छेको ज्यान बाचेको छ’’–हेटौंडास्थित कान्तिराजपथका एक ब्यवसायीले बताए । ‘‘अहिले धेरै ठाउँमा बाटो स्तरोन्नती गर्नुछ, कतिचोटि नगरपालिका गैसक्यौ हुन्छ– हुन्छ भन्छ तर बाटो मर्मतमा कसैको ध्यान गएन’’ ती ब्यवसायीले दुःख ब्यक्त गर्दै भने ।

उनले भने–‘‘लौन सर छिटोभन्दा छिटो सम्बधित ठाउँमा भन्दिनपर्यो, हाम्रो कुरा त सुन्दै सुनेन ।’’ सडक निर्माण त वर्षैपिच्छे हुन्छ तर मर्मतमा भने कसैको ध्यान त्यति जाँदैन सर्वसाधारणको गुनासो छ ।

एकदिन अघि मात्रै पनि कान्तिराजपथको मङ्गलपेपरमार्ट भन्दा अलितल मासुपसल नजिकैको खाल्डोमा परि राती बाईक दुर्घटना भएको थियो । चालकलाई तुरुन्तै हस्पिटल पुर्याएकाले मात्र उनको ज्यान जोगिएको स्थानीयको भनाइ छ ।

सडक मर्मतमा स्थानीय सरकारले समयमा तदारुकता नदेखाउदा ज्यान जोखिममा राखेर सवारी चलाउनुपरेको गुनासो बढेको छ । विशेषगरी आर्थिक वर्ष सकिनै लाग्दा असारमा हुने गरेका सडक मर्मतले जनताहरु पनि आजित बनेका छन् । अहिले पनि हेटौँडा बजारका कयौँ स्थानमा सडकहरु प्वाल परेको, पिच उप्किएको, बाढीले बगाएको, खाल्डाखुल्डी बढेको देखिन्छ । साथै असारे मर्मतले गर्दा अहिले कतिपय ठाउँमा सडक हिलाम्मे भएका छन् ।



































