हेटौंडामा ‘संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा ‘संघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरेका हुन्।

मुख्यमन्त्री लामाले संघीय संरचनामा स्थानीय सरकारहरूको भूमिका अझ प्रभावकारी बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले हेटौंडाको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समन्वयात्मक कार्यशैली आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संघीयताको कार्यान्वयन, स्थानीय तहको अधिकार प्रयोग, बजेट व्यवस्थापन, पूर्वाधार विकासलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.