हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो।

औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.