Day: २०८१ चैत्र २०, बुधबार २०:०० गते

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाट । बर्दघाट प्रज्ञाप्रतिष्ठानको आयोजनामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी–२०८१ परासीको बर्दघाटमा सम्पन्न भएको छ । यस सन्दर्भमा नेपाल तथा भारतका स्रष्टाहरूलाई चैत्र १६ र १७ गते बर्दघाट तथा छिमेकी पालिकाहरूका पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो भने चैत्र १८ गते मात्र औपचारिक कार्यक्रम गरिएको थियो । यस क्रममा स्रष्टाहरूले बुद्धमङ्गल ताल, गजेन्द्रमोक्ष धाम, वनदेवी, कञ्चनगढी, रामग्राम स्तूप, सिमसार क्षेत्र, आम्बास, सहिद पार्क तथा शिवालयको अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका भक्ति शर्मा उपाध्याय, सीता शर्मा शीत, रूपा तामाङ तथा रत्न लक्सम सुब्बाले, दिल्ली तथा उत्तर प्रदेशका किशोर श्रीवास्तव, सविता सिंह शर्मा, दीपक…
Read More
हेटौंडामा नागरिक धर्ना

हेटौंडामा नागरिक धर्ना

हेटौँडा । हेटौंडामा गैसस महासङ्घ बागगमती प्रदेश समितिले धर्ना कार्यक्रम गरेको छ । ‘लोकतन्त्र , मानव अधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गरौं , अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्दै हेटौंडाको बुद्ध चोकमा बृहत नागरिक धर्ना कार्यक्रम गरिएको गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्माले बताए । चैत १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाएर मार्ने , आम नागरिकको हत्या गर्ने , नागरिकको घरमा तोडफोड , आगजनी , ब्यापारिक महलमा तोडफोड , लुटपाट , चोरी गर्ने र प्रहरी , प्रशासनमाथि ढुङ्गा हान्ने लगायतका जुन किसिमको गतिविधि भयो ती सबै अनागरिक कृयाकलाप भएको अध्यक्ष विश्वकर्माले बताए ।…
Read More
हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा ११ मा सामुदायिक वनको भवन उद्घाटन

हेटौँडा । नवलपुर सरस्वती (बसामाडी( सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनले शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँलेले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचिव सुभद्रा बर्तौलाले जानकारी दिइन् । अहिले ट्वाइलेट , बाथरुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन…
Read More
हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट, काम छिट्टै सुरु हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.