हेटौँडा । नवलपुर सरस्वती (बसामाडी( सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो ।
भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनले शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँलेले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचिव सुभद्रा बर्तौलाले जानकारी दिइन् ।
अहिले ट्वाइलेट , बाथरुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालकृष्ण बिडारीले बताए । कार्यक्रममा वडाध्यक्ष जुना दाहाल , वडासदस्य गोपिनी सापकोटा , गिता सुनार , सञ्जय बिडारी , विकास नेपाल , टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य लगायत विभिन्न पार्टीका वडा अध्यक्ष , टोल विकास संस्थाका अध्यक्ष , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।