मनिता राना, हेटौंडा/मकवानपुरमा डोकोको प्रयोग अधिक बढ्दो रहेको पाइन्छ । डोको बाँस वा निगालोको कप्टेरो र चोयाबाट बनाइने भारि बोक्न प्रयोग हुने एक प्रकारको साधन हो । यो ससाना पशुपक्षी छोप्न पनि प्रयोग गरिन्छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ का स्थानीय भैरवबहादुर रानामगरले विगत ६५ वर्षदेखि बाँसको चोयाबाट बन्ने डोको, घुम, सिप्रिङ, ससाना बच्चा राख्ने कोक्रो बनाएर आर्थिक उपार्जन गर्ने गरेका छन् । सानै उमेरबाट पुर्ख्यौलीबाट सिपलाई हालसम्म पनि उनी निरन्तरता दिन सफल भएका छन् । २०१५ सालदेखि सिप सिकेर बा“सको चोयाबाट डोको बुनेर हाल उनी व्यस्त जीवन बिताइरहेका छन् । उनले हाल दिनमा २ देखि ३ वटासम्म डोको बुनेर गाउँघरमा बिक्री गर्ने गरेको बताए । बाँसबाट डोको, कोक्रो, माछा मार्ने सिप्रिङ बनाउँछु,’ उनले भने ।
पहिलेको तुलनामा हाल डोकोको प्रयोग र बिक्री बढ्दो भएको उनले बताए । पहिला सबै डोको बनाउन (बुन्न) अब्बल थिए, बिक्री कम हुन्थ्यो । हालका मान्छेलाई डोको बुन्न आउने नभएकाले बढी बिक्री हुने गरेको उनले बताए । लामो समयदेखि विभिन्न सिपमा अब्बल मगरले हाल बा“स पाएसम्म दिनमा २ देखि ३ वटासम्म डोको बुन्ने गरेको बताए । एउटा डोकोको मूल्य ६ देखि ७ सयसम्म लिने गरेको उनी बताउ“छन् । डोको बुनेर आफ्नो जीविकोपार्जन गर्ने गरेको उनी बताउँछन् ।
पहिलेको तुलनामा बा“स निकै कम पाइने भएकाले डोको बुन्न मुस्किल भएको उनले बताए । डोको, नाम्लो, दाम्लो आदि बनाउन आफू सक्षम भएको बताउने उनी गाउ“घरमा डोको अधिक मनपराउने गरेको सुनाए । गाउँलेहरु दिनैपिच्छे बजार जान्छन् । तर बजारको डोको ल्याउँदैनन् । मलाई नै बनाइदिनुपर्यो भन्छन्,’ उनी दंग छन् ।
खेतीकिसानीको गर्नेको घरमा नभइ नहुने एउटा साधन डोको हो । खेतीकिसानीको काम गर्दा विभिन्न सामग्री यसमा हालेर पिठिउँ (मानिसको ढाड) मा बोकिन्छ । यो सोली आकारको हुन्छ । यसको फेद (पिँध) आयातकार हुन्छ । तल सानो आकारको हुन्छ, माथि बिस्तारै फुक्दै गइ ठूलो आकारको बनाइएको हुन्छ । चोयाहरुबाट बुनिसकेपछि माथिको अन्तिमको भागलाई बिट भनिन्छ । जुन बिटले सबै चोयालाई एकीकृत गरी खुस्किनबाट जोगाउँछ ।
विशेष ज्ञान भएका व्यक्तिले यो चोयाको माध्यमबाट बुन्ने काम गर्छन् । यसको बीचबीचमा ससाना प्वाल हुन्छन् ।
विशेष गरेर ग्रामीण भेगका विशेष सिप भएका व्यक्तिले मात्र यो सामग्री तयार पार्न सक्छन् । यो नाम्लोको सहायताले पिठिउँमा बोक्ने हो । नाम्लो भनेको चेप्टो प्रकारको एक डोरी हो । नाम्लोले डोकोलाई घेराबन्दी गर्छ । नाम्लोको चेप्टो भाग थाप्लो (टाउको) मा झुन्ड्याइ डोको ढाडमा अड्याउनका लागि नाम्लोको आवश्यकता परेको हो । डोको खासगरि नेपालका ग्रामीण भेगमा निकै चल्तीको साधन हो । यो नेपाल र भारतमा सामग्री बोक्नका लागि बढी प्रयोग गरिन्छ । खेतबारिमा प्रयोग गरिने मल, घाँस, दाउरा, मकैको घोगालगायत धेरै प्रकारका सामग्री यसमा राखेर बोक्ने गरिन्छ । हा“स, कुखुरा र ससाना बाख्राका पाठालगायत पशुपक्षी छोप्नका लागि पनि डोको प्रयोग गरिन्छ ।
डोको सामान बोक्ने काममा प्रयोग गरेको देखिन्छ । विहान गोठको भकारो सोहोर्नेदेखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्नेदेखि कहिलेकाँही बिरामी बोक्नसम्म यसको प्रयोग गरिन्छ । कोप्रो आकारको थोरै त्रिकोणत्मक अभिव्यक्ति यसको आकारले दिन्छ ।
आजभोलि सामान बोक्न ब्यागको प्रयोग गरिन्छ । हो डोको पनि गाउँले जीवनशैलीको एउटा ब्याग हो । अझ ब्याग भन्दा पनि पुरानो नेपाली जीवनशैली अनि उकालीओराली अनि थुम्काहरुका लागि डोको सानोतिनो ट्रक नै हो, चक्का भएका ठूला ट्रकहरु बाटाबाटामा दुर्गुछन् भने डोको चा“ही मान्छेको ढाडमा उकालीओराली अनि चौतारीहरुमा सामान ओसार्छ ।
डोकोले तरल पदार्थ अड्याउन नसके पनि अन्य धेरै काममा उपयोगी भएर नेपालीपन जोगाएको छ । यसको मिल्ने दौंतरी भनेको नाम्लो हो, डोरीजस्तो नाम्लोलाई दुवैपट्टि बाँधेर यसलाई ढाडमा अड्याउने मान्छेहरुले नाम्लोको अर्को पच्छ्यौरी आफ्नो थाप्लो अर्थात् निधारमाथि अड्याउ“छन् । यसलाई पूर्वी नेपालको चियाबगानमा तीनपाते चियाका पातहरु टिप्न पनि प्रयोग गरिन्छ । ती पातहरु धेरै मस्याइला अनि हलुका हुन्छन्, हरेक दिन पिउने चियाका पातहरु पनि डोकोमा नै बोकेर कारखानासम्म लगिन्छ ।