मकवानपुर । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन फागुन १७ गते शनिबार हेटौंडामा आयोजना हुने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव सरोजकुमार खनालले उक्त दिन नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो।
यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम आयोजना गरिने छ।
संघका अध्यक्ष हिरालाल श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै, संघ सेवामूलक संस्था भए पनि नेपाल सरकारलाई निरन्तर कर तिर्दै आएको बताउनुभयो। साथै, संघलाई अझै ठूलो मात्रामा कर तिर्नुपर्ने दायित्व रहेको र आर्थिक अभावको सामना गरिरहेको जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस्