विवाहयोग्य उमेर २० वर्ष यथावत राख्न माग

मकवानपुर । नेपालमा विवाहको कानूनी उमेर घटाउने विषयमा भइरहेको छलफलप्रति मकवानपुरका सामाजिक संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। हाल कायम २० वर्षको विवाहयोग्य उमेरलाई यथावत् राख्न माग गर्दै संघसंस्थाहरूले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन्।

सामाजिक संस्थाहरूको तर्क अनुसार, २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुले किशोर-किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक परिपक्वता, र भविष्यमा गम्भीर असर पार्न सक्छ। कम उमेरमा गर्भधारण गर्दा आमाको स्वास्थ्य जोखिममा पर्नुका साथै नवजात शिशु मृत्युदर बढ्ने सम्भावना पनि रहने उल्लेख छ। साथै, बालविवाहले किशोरीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्दै हिंसा, बालश्रम, र मानव बेचबिखनको जोखिम बढाउने निष्कर्ष पनि निकालिएको छ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले विवाहको उमेर १८ वर्षमा झार्ने सिफारिस गरेपछि यो विषय चर्चामा आएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.