Day: २०८१ माघ १७, बिहीबार १३:३७ गते

फागुन ६ गतेदेखि १८ गतेसम्म टिसिएन चौरमा व्यापार महोत्सव हुने

फागुन ६ गतेदेखि १८ गतेसम्म टिसिएन चौरमा व्यापार महोत्सव हुने

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडामा व्यापार महोत्सव गर्ने भएको छ । २०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । दोश्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा महोत्सव गर्न लागिएको हो । निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन महोत्सवले योगदान पु¥याउने संघका अध्यक्ष बालगोपल कँडेलले बताए । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम हुनेछ । निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी र बिक्री समेत गरिने अध्यक्ष कँडेलले…
Read More
ठूलोथलीमा फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने

ठूलोथलीमा फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने

मकवानपुर । पदमपोखरी ठुलोथलीमा आगामी फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ ठुलोथलीमा वृहत ल्होछार कार्यक्रम हुने भएको हो । सातौं संस्करणको रुपमा ठुलोथली गुम्बाडाँडा सोनाम ल्होछार बृहत साँस्कृतिक गरिने मूल समारोह समितिका संयोजक मदन बल लामाले बुधबार पत्रकार सम्मेलन आयोजना गरि बताएका छन् । नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतीका साथ ल्होछार मनाइने लामाले बताए । कार्यक्रममा करिब ९ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । हेटौंडा उपमहानगर, वडा नम्बर १३ र संस्कृति तथा पर्यटन मन्त्रालयले केही बजेट उपलब्ध गराएपनि सहयोगी दाताहरुको साथ सहयोगले…
Read More
विवाहयोग्य उमेर २० वर्ष यथावत राख्न माग

विवाहयोग्य उमेर २० वर्ष यथावत राख्न माग

मकवानपुर । नेपालमा विवाहको कानूनी उमेर घटाउने विषयमा भइरहेको छलफलप्रति मकवानपुरका सामाजिक संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। हाल कायम २० वर्षको विवाहयोग्य उमेरलाई यथावत् राख्न माग गर्दै संघसंस्थाहरूले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन्। सामाजिक संस्थाहरूको तर्क अनुसार, २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुले किशोर-किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक परिपक्वता, र भविष्यमा गम्भीर असर पार्न सक्छ। कम उमेरमा गर्भधारण गर्दा आमाको स्वास्थ्य जोखिममा पर्नुका साथै नवजात शिशु मृत्युदर बढ्ने सम्भावना पनि रहने उल्लेख छ। साथै, बालविवाहले किशोरीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्दै हिंसा, बालश्रम, र मानव बेचबिखनको जोखिम बढाउने निष्कर्ष पनि निकालिएको छ। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार…
Read More
सोनाम ल्होछारको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

सोनाम ल्होछारको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । “सोनाम ल्होछार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ । नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.