मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित दुईवटा टोल विकास संस्थाका सदस्यहरुलाई सहकारी शिक्षाबारे जानकारी गराइएको छ । हेटौंडा ११ मा रहेको उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडले टोल विकास सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको हो ।
उपयोगी सहस्राब्दीको आयोजनामा दिइएको सहकारी शिक्षा तालिममा हेटौंडा ११ का सुर्योदय टोल विकास संस्था र तल्लोताल टोल विकास संस्थाका ६० जना सदस्यहरुको सहभागीता रहेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।
उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश बिडारीले सहजीकरण गरेको र तल्लोताल टोल विकास संस्थाका अध्यक्ष अर्जुन बर्तौला, सुर्योदय टोल विकास संस्थाकी उपाध्यक्ष शिला उप्रेती, समाजसेवी सुबोध सुवेदी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रम उपयोगी सहस्राब्दीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षतामा भएको थियो ।