Day: २०८१ पुष १३, शनिबार १०:३८ गते

हेटौँडा ११ मा दुई टोलका सदस्यहरुलाई सहकारी शिक्षा

हेटौँडा ११ मा दुई टोलका सदस्यहरुलाई सहकारी शिक्षा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित दुईवटा टोल विकास संस्थाका सदस्यहरुलाई सहकारी शिक्षाबारे जानकारी गराइएको छ । हेटौंडा ११ मा रहेको उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडले टोल विकास सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको हो । उपयोगी सहस्राब्दीको आयोजनामा दिइएको सहकारी शिक्षा तालिममा हेटौंडा ११ का सुर्योदय टोल विकास संस्था र तल्लोताल टोल विकास संस्थाका ६० जना सदस्यहरुको सहभागीता रहेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए । उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश बिडारीले सहजीकरण गरेको र तल्लोताल टोल विकास संस्थाका अध्यक्ष अर्जुन बर्तौला, सुर्योदय टोल विकास संस्थाकी उपाध्यक्ष शिला उप्रेती, समाजसेवी सुबोध…
Read More
हेटौँडा–१६ बालमैत्री वडा घोषणा

हेटौँडा–१६ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नारासहित वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । हेटौंडा–१६ नम्बर वडाका वडाअध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिएको हो । नगर कार्यपालिकाकी प्रमुख लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा प्रतिबद्धता पत्र अध्ययनसँगै हस्ताक्षर गर्नुहुँदै बालमैत्री घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणालाई उपमहानगरले अभियानको रुपमा सुरु गरिएको बताउनुभयो । अभियान सुरु गर्दा बालश्रम…
Read More
हेटौँडामा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

हेटौँडामा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

मकवानपुर । हेटौंडामा शुक्रबार सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै लागु औषध दुर्व्यसनको अवस्थाबारे चेकजाँच गरिएको छ । बढ्दो सवारी दुर्घटना तथा क्षती न्यूनीकरणको लागि एक दिने शिविरको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख केशव अधिकारीले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय, सीएमसी चुरेहिल अस्पतालको सहकार्यमा शिविर संचालन गरिएको थियो । ‘सवारी चालक, सहचालकको स्वास्थ अवस्था कस्तो छ, उहाँहरुको ब्लड प्रेसर, सुगर, आँखाको अवस्था कस्तो छ, उहाँहरु लागु औषधको कुलतमा फस्नुभएको छ, छैन समयमै सचेत हुन र सचेत गराउन हामीले बेलाबेलामा यस्ता शिविर राख्ने गरेका छौं,’’ ट्राफिक प्रमुख अधिकारीले बताए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.