मकवानपुर । हेटौंडामा शुक्रबार सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै लागु औषध दुर्व्यसनको अवस्थाबारे चेकजाँच गरिएको छ ।
बढ्दो सवारी दुर्घटना तथा क्षती न्यूनीकरणको लागि एक दिने शिविरको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख केशव अधिकारीले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालयको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय, सीएमसी चुरेहिल अस्पतालको सहकार्यमा शिविर संचालन गरिएको थियो ।
‘सवारी चालक, सहचालकको स्वास्थ अवस्था कस्तो छ, उहाँहरुको ब्लड प्रेसर, सुगर, आँखाको अवस्था कस्तो छ, उहाँहरु लागु औषधको कुलतमा फस्नुभएको छ, छैन समयमै सचेत हुन र सचेत गराउन हामीले बेलाबेलामा यस्ता शिविर राख्ने गरेका छौं,’’ ट्राफिक प्रमुख अधिकारीले बताए ।































