पदमपोखरी बहुमुखी क्याम्पस प्रमुखमा बगानसिंह थिङ चयन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा पदमपोखरी निवासी बगानसिंह थिङ चयन हुनुभएको छ । क्याम्पसले हिजो एक सूचना प्रकाशित गर्दै प्रमुखमा थिङ चयन भएको जानकारी दिएको हो ।

क्याम्पसको सेवा समितिद्वारा दिइएको जानकारी अनुसार पुस ९ गते लिईको अन्तरवार्ताबाट थिङलाई क्याम्पस प्रमुखमा नियुक्ति गरिएको हो । वैकल्पिक उम्मेदवारमा भने नवराज वाईबाको नाम सिफारिश गरिएको छ । थिङलाई मंसिर ३० गते प्रकाशित सूचना अनुसार खुल्ला प्रतियोगिता मार्फत पदपुर्ति गर्ने योजना अनुसार प्राप्त आवेदनहरुबाट अन्तरवार्ता लिई छनौट गरिएको हो ।

लामो समयदेखि हेटौँडामा शिक्षा क्षेत्र तथा सामाजिक कार्यमा सक्रिय रहेका थिङ क्याम्पसमा प्रमुखका रुपमा छानिएसँगै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । स्थानीय नै क्याम्पस प्रमुख भएपछि पदमपोखरी बहुमुखी क्याम्पसले थप शैक्षिक उचाई लिने अपेक्षा अभिभावकहरुले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.