Day: २०८१ पुष १०, बुधबार ०९:०७ गते

पदमपोखरी बहुमुखी क्याम्पस प्रमुखमा बगानसिंह थिङ चयन

पदमपोखरी बहुमुखी क्याम्पस प्रमुखमा बगानसिंह थिङ चयन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा पदमपोखरी निवासी बगानसिंह थिङ चयन हुनुभएको छ । क्याम्पसले हिजो एक सूचना प्रकाशित गर्दै प्रमुखमा थिङ चयन भएको जानकारी दिएको हो । क्याम्पसको सेवा समितिद्वारा दिइएको जानकारी अनुसार पुस ९ गते लिईको अन्तरवार्ताबाट थिङलाई क्याम्पस प्रमुखमा नियुक्ति गरिएको हो । वैकल्पिक उम्मेदवारमा भने नवराज वाईबाको नाम सिफारिश गरिएको छ । थिङलाई मंसिर ३० गते प्रकाशित सूचना अनुसार खुल्ला प्रतियोगिता मार्फत पदपुर्ति गर्ने योजना अनुसार प्राप्त आवेदनहरुबाट अन्तरवार्ता लिई छनौट गरिएको हो । लामो समयदेखि हेटौँडामा शिक्षा क्षेत्र तथा सामाजिक कार्यमा सक्रिय रहेका थिङ क्याम्पसमा प्रमुखका रुपमा छानिएसँगै स्थानीयहरुले…
Read More

राक्सिराङ गाउँपालिकामा क्रिसमसका अवसरमा २ दिन बिदा

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाले ईसाइ धर्मावलम्बीहरुले हरेक वर्ष डिसेम्बर २५ का दिन मनाउने चाड ख्रीष्टमसको उपलक्ष्यमा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकामाले एक सन्देश जारी गर्दै क्रिसमसको शुभकामनासहित पुस ९ र १० गते बिदा दिएको घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी दिदी बहिनी तथा दाजु भाईहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उतरोतर प्रगतिको सुभकामना व्यक्त गरिएको छ । ईसाईहरुको बाहुल्यता रहेको राक्सिराङमा यो पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक,जातिय विविधता युक्त भएको र गाउँपालिकाका सम्पुर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्वृद्ध…
Read More
हेटौंडामा इसाईको क्यान्डल र्याली

हेटौंडामा इसाईको क्यान्डल र्याली

मकवानपुर । हेटौँडामा इसाईहरुले क्यान्डल र्याली प्रदर्शन गरेका छन् । मकवानपुर इसाई समाजको आयोजनामा हेटौंडास्थित इसाई चर्चका सदस्यहरुले क्यान्डल र्याली प्रदर्शन गरेका हुन् । इसाइहरुले हातमा क्यान्डल, शिरमा क्रीसमस टोपी, हातमा प्ले कार्ड बोकेर शुभकामना सन्देश प्रवाह गरेका थिए । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी स्कुलको प्राङ्गणबाट शुरु भएको र्याली बुद्धचोकमा गई कोणसभामा परिणत भएको थियोे । शुभकामना सन्देश प्रवाह गर्दै मकवानपुर इसाई समाजका सल्लाहकार ऋषिराम आचार्यले धर्मशास्त्र बाइबलबाट पढ्दै येसु ख्रीष्ट संसारमा सबै मानिसको उद्वार र शान्तिको लागि आउनु भएको बताए । उनले मुक्ति, उद्वार र शान्ति येशुमा रहेको बताए । इसाईहरुले सन्देश मुलक गीतमा नाचगान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.