राक्सिराङ गाउँपालिकामा क्रिसमसका अवसरमा २ दिन बिदा

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाले ईसाइ धर्मावलम्बीहरुले हरेक वर्ष डिसेम्बर २५ का दिन मनाउने चाड ख्रीष्टमसको उपलक्ष्यमा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। गाउँपालिकामाले एक सन्देश जारी गर्दै क्रिसमसको शुभकामनासहित पुस ९ र १० गते बिदा दिएको घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी दिदी बहिनी तथा दाजु भाईहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उतरोतर प्रगतिको सुभकामना व्यक्त गरिएको छ ।

ईसाईहरुको बाहुल्यता रहेको राक्सिराङमा यो पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक,जातिय विविधता युक्त भएको र गाउँपालिकाका सम्पुर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्वृद्ध राक्सिराङ्ग बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना सन्देश जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.