मकवानपुर । हेटौँडामा इसाईहरुले क्यान्डल र्याली प्रदर्शन गरेका छन् । मकवानपुर इसाई समाजको आयोजनामा हेटौंडास्थित इसाई चर्चका सदस्यहरुले क्यान्डल र्याली प्रदर्शन गरेका हुन् ।
इसाइहरुले हातमा क्यान्डल, शिरमा क्रीसमस टोपी, हातमा प्ले कार्ड बोकेर शुभकामना सन्देश प्रवाह गरेका थिए । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी स्कुलको प्राङ्गणबाट शुरु भएको र्याली बुद्धचोकमा गई कोणसभामा परिणत भएको थियोे ।
शुभकामना सन्देश प्रवाह गर्दै मकवानपुर इसाई समाजका सल्लाहकार ऋषिराम आचार्यले धर्मशास्त्र बाइबलबाट पढ्दै येसु ख्रीष्ट संसारमा सबै मानिसको उद्वार र शान्तिको लागि आउनु भएको बताए । उनले मुक्ति, उद्वार र शान्ति येशुमा रहेको बताए ।
इसाईहरुले सन्देश मुलक गीतमा नाचगान गरी पर्चा समेत वितरण गरेका थिए । कार्यक्रममा इसाइ समाज मकवानपुरकी अध्यक्ष निम्टोल्मा आचार्य, वरिष्ठ रेभ्रेन पास्टर रामकृष्ण पन्त, पास्टर डाक्टर बिपी खनाल, पास्टर चेत थोकर, पास्टर अभिषेक उप्रेती, पास्टर मिलन सेढाई, समाजका उपाध्यक्ष रुबेन राई, पास्टर कालेव राई लगायत अगुवाहरु , इसाई युवायुवतीहरुको उपस्थिति रहेको थियोे । पुष १० गते ख्रीष्टमस इसाइहरु आफ्नोआफ्नो चर्चमा भेला भएर शुभकामना आदानप्रदान गर्छन् ।






























