मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी मेनरोड सडक अपग्रेडिङ्ग कार्यको शिलान्यास गरिएको छ। बुधबार हेटोँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सडक अपग्रेडिङको शिलान्यास गरेकी हुन् ।
नगर प्रमुख लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाको रु २ करोड ४९ लाख ५३ हजार लागतमा आयोजना स्वीकृति गरिएको वडा अध्यक्ष पेम्बा लामाले बताए ।
सडकको उत्तरोन्नत्ति ठेक्का प्रक्रृया मार्फत हुने जनाइएको छ । श्री सुवास–नभिल हिलटप जेभी काठमाडौं निर्माण कम्पनीले सो कामको जिम्मा लिएको छ। २०८१–५–३० गते सुरुभएको आयोजना २०८२–१३० गते सम्पन्न हुनुपर्ने उपमहानगरपालिकाले जनाएको छ।
प्रतिकृया दिनुहोस्