Day: २०८१ पुष ४, बिहीबार २१:५० गते

हेटौँडा १९ मा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

हेटौँडा १९ मा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित लेखपानीमा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको छ । हेटौंडामा केही समयअघि सञ्चालनमा आएको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा आवश्यक रहेको जानकारी प्राप्त भएपश्चात् उपलब्ध गराइएको संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए । केही समयअघि सञ्चारमाध्यममा समाचार आएपछि संस्थाकै सदस्यहरुमा थोरैथोरै रकम संकलन गरी विद्यार्थीका लागि कपडा हस्तान्तरण गरिएको अध्यक्ष महतले बताए । विद्यालयमा अध्ययनरत ४१ बालबालिकाका लागि न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको महतले बताए । संस्थाका अध्यक्ष महतको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गोलेको प्रमुख आतिथ्यता…
Read More
‘सानादेखि ठूला व्यवसायीहरुको समस्या समाधान गर्ने लक्ष्य छ’–प्रमोदसिंह रानाभाट (भिडियो)

‘सानादेखि ठूला व्यवसायीहरुको समस्या समाधान गर्ने लक्ष्य छ’–प्रमोदसिंह रानाभाट (भिडियो)

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष उम्मेदवार प्रमोदसिंह रानाभाटले आफुले सानादेखि ठूला सबै व्यवसायीको समस्या समाधान गर्ने लक्ष्य राखेको बताउनुभएको छ । सबै समाचारसँगको कुराकानीमा रानाभाटले अहिले विभिन्न समस्याहरुको चपेटामा परेका व्यवसायीहरुको अवस्था सुधारमा आफ्नो भूमिका रहने बताउनुभयो । एक दशकभन्दा बढी संघमा रहेर काम गरेका रानाभाट हाल संघका उपाध्यक्ष समेत हुनुहुन्छ । व्यवसायीकै हितमा काम गर्ने बताउनुहुँदै रानाभाटले व्यवसायीको समस्याको सम्बोधन गर्न आफु निरन्तर लाग्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघलाई थप उचाईमा पुराउने लक्ष्य समेत राख्नुभएका रानाभाटले व्यवसायीका हकहितका लागि ठोस योजना समेत अघि सारिएको बताउनुभयो । हाल व्यवसायीहरुको सुझाव संकलन गर्नका लागि घरदैलो गरिरहनुभएका रानाभाट आफु…
Read More
पदमपोखरी मेनरोडको स्तरोन्नत्तिको शिलान्यास

पदमपोखरी मेनरोडको स्तरोन्नत्तिको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी मेनरोड सडक अपग्रेडिङ्ग कार्यको शिलान्यास गरिएको छ। बुधबार हेटोँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सडक अपग्रेडिङको शिलान्यास गरेकी हुन् । नगर प्रमुख लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाको रु २ करोड ४९ लाख ५३ हजार लागतमा आयोजना स्वीकृति गरिएको वडा अध्यक्ष पेम्बा लामाले बताए । सडकको उत्तरोन्नत्ति ठेक्का प्रक्रृया मार्फत हुने जनाइएको छ । श्री सुवास–नभिल हिलटप जेभी काठमाडौं निर्माण कम्पनीले सो कामको जिम्मा लिएको छ। २०८१–५–३० गते सुरुभएको आयोजना २०८२–१३० गते सम्पन्न हुनुपर्ने उपमहानगरपालिकाले जनाएको छ।
Read More
कमानेमा ३ दिन कमाने महोत्सव हुने

कमानेमा ३ दिन कमाने महोत्सव हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना हेटौँडा ८ कमानेमा ३ दिन कमाने महोत्सव आयोजना हुने भएको छ । यसअघि पनि पहिलो कमाने महोत्सव सफलता पुर्वक आयोजना गरिएकोमा यसपटक यही पुस ११ गतेदेखि १३ गतेसम्म स्थानिय पर्यटन प्रवर्द्धन एवम् व्यापार प्रर्दशनी सडक महोत्सव गरिन लागएिको बुधबार पत्रकार सम्मेलन गरि सचिवालय प्रमुख उमेश थापा मगरले जानकारी दिए। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को चालु आवको कार्यक्रम अन्तर्गत स्थानिय पर्यटन, स्थानिय सांस्कृतिक प्रवद्धन, स्थानिय व्यापार प्रर्दशनीलाई मुल नारा बनाई वडा भित्र रहेका स्थानिय कला संस्कृति पहिचान र व्यपार, व्यवसाय प्रर्दशनी गर्ने उद्देश्यका साथै १९ वटै टोल विकास, संस्थाको उत्पादनले बजारमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.