‘सानादेखि ठूला व्यवसायीहरुको समस्या समाधान गर्ने लक्ष्य छ’–प्रमोदसिंह रानाभाट (भिडियो)

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष उम्मेदवार प्रमोदसिंह रानाभाटले आफुले सानादेखि ठूला सबै व्यवसायीको समस्या समाधान गर्ने लक्ष्य राखेको बताउनुभएको छ । सबै समाचारसँगको कुराकानीमा रानाभाटले अहिले विभिन्न समस्याहरुको चपेटामा परेका व्यवसायीहरुको अवस्था सुधारमा आफ्नो भूमिका रहने बताउनुभयो ।

एक दशकभन्दा बढी संघमा रहेर काम गरेका रानाभाट हाल संघका उपाध्यक्ष समेत हुनुहुन्छ । व्यवसायीकै हितमा काम गर्ने बताउनुहुँदै रानाभाटले व्यवसायीको समस्याको सम्बोधन गर्न आफु निरन्तर लाग्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघलाई थप उचाईमा पुराउने लक्ष्य समेत राख्नुभएका रानाभाटले व्यवसायीका हकहितका लागि ठोस योजना समेत अघि सारिएको बताउनुभयो ।

हाल व्यवसायीहरुको सुझाव संकलन गर्नका लागि घरदैलो गरिरहनुभएका रानाभाट आफु नेतृत्वमा आउँदा व्यवसायीहरु समेत खुशी हुने बताउनुहुन्छ । लामो समयदेखि व्यवसायीहरुको हकहितमा लडेर नजिकबाट व्यवसायीको मर्का बुझ्ने प्रयास गरेको बताउनुहुँदै उहाँले बन्द उद्योगहरुलाई खोल्ने, नयाँ उद्योगहरु संचालन गर्ने र साना व्यवसायीहरुलाई मदत गर्न आफु तत्पर रहेको उहाँले बताउनुभयो ।

आर्थिक मन्दीसँगै देशको अवस्थाले समस्यामा परेका सानाठूला व्यवसायी सबैलाई मदत गर्नका लागि विभिन्न योजना बनाउनुभएका रानाभाट आफुले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ । उहाँलाई नयाँ तथा पुराना व्यवसायीहरुसँगै संघकै सदस्यहरुको समेत साथ रहेको उहाँले बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघमा वि.सं. २०६७ सालमा सदस्य पदमा निर्वाचित हुनुभएका रानाभाटले वि.सं. २०७१ को निर्वाचनपछि कोषाध्यक्ष पद सम्हाल्नुभएको थियो । त्यसपछि उहाँ वि.सं. २०७४ को संघको निर्वाचनबाट महासचिव बन्नुभएका रानाभाट वि.सं. २०७८ देखि हालसम्म संघको उद्योग तर्फका उपाध्यक्ष भएर व्यवसायीसँग हातेमालो गर्दै अगाडी बढ्दै हुनुहुन्छ ।

वि.सं. २०२४ सालमा हजुरबुबा प्रताप सिंह रानाभाटले स्थापना गर्नुभएको अटो इन्जिनियर वक्र्सलाई बुबा डम्बर सिंह रानाभाट हुँदै उहाँले २०५१ बाट संचालन गरिरहनुभएको छ । अटो ईन्जिनियरदेखि यातायात क्षेत्रका साथै स्वास्थ्य क्षेत्रमा समेत सक्रिय रहनुभएका रानाभाट चुरेहिल सिएमसी हस्पिटलका बोर्ड अफ डाइरेक्ट समेत हुनुहुन्छ ।

उद्योग र व्यवसायी क्षेत्रमा मात्रै नभई उहाँ सामाजिक कार्यमा पनि लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँले हेटौंडा जेसीजको सन् १९९८ मा सदस्यता लिई कोषाध्यक्ष भएर कार्यसम्पादन समेत गर्नुभएको थियो । साथै उहाँले लायन्स अफ भुटनदेवी सेन्टिनियलको २०२२ को नेतृत्व समेत सम्हाल्नुभएको थियो ।

संघको यही पुस २४ गते ५८ औँ साधारण सभा र पुस २७ गते निर्वाचन हुँदैछ । हेर्नुहोस् भिडियो–

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.