मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना हेटौँडा ८ कमानेमा ३ दिन कमाने महोत्सव आयोजना हुने भएको छ । यसअघि पनि पहिलो कमाने महोत्सव सफलता पुर्वक आयोजना गरिएकोमा यसपटक यही पुस ११ गतेदेखि १३ गतेसम्म स्थानिय पर्यटन प्रवर्द्धन एवम् व्यापार प्रर्दशनी सडक महोत्सव गरिन लागएिको बुधबार पत्रकार सम्मेलन गरि सचिवालय प्रमुख उमेश थापा मगरले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को चालु आवको कार्यक्रम अन्तर्गत स्थानिय पर्यटन, स्थानिय सांस्कृतिक प्रवद्धन, स्थानिय व्यापार प्रर्दशनीलाई मुल नारा बनाई वडा भित्र रहेका स्थानिय कला संस्कृति पहिचान र व्यपार, व्यवसाय प्रर्दशनी गर्ने उद्देश्यका साथै १९ वटै टोल विकास, संस्थाको उत्पादनले बजारमा आफ्नो पहिचान गराउन सक्ने उदेश्य राखेर महोत्सव गर्न लागिएको हो ।
हेटौंडा ८ कमानेको मेनरोडको निम चोकदेखि पश्चिम अमरसिंह पथमा महोत्सव संन्चालन हुने ८ नम्बर वडा अध्यक्ष राम थापाले बताए । सडक महोत्सवका लागि ८ नम्बर वडा कार्यालयले ५ लाख सहयोग गरेको कमाने महोत्सवका आर्थिक संयोजक प्रबेश पोखरेलले बताएका छन्।
महोत्सवमा जम्मा १०० वटा स्टलहरु रहने छन् । कार्यक्रममा ८ नम्बर वडाभित्रका २१ वटा बाल क्लबहरुको साँस्कृतिक प्रस्तुति पनि रहनेछ । कार्यक्रमका लागि ८ लाख ५० हजारसम्म खर्च लाग्न सक्ने आयोजकले जनाएको छ ।