कैलाश गाउँपालिकाको ४ वडामा काँग्रेसको प्रशिक्षण

मकवानपुर । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाकाे ४ वटा वडाको पार्टीका क्रियाशिल सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो ।

कांग्रेस कैलाश ६ का वडा सभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता, लोकतन्त्र र समाजवाद्, कांग्रेसको सदस्यता, आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको थियोे ।

कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधि रत्नबहादुर गोले, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, कोषाध्यक्ष एन्जिला भ्लोन, दलित संघका केन्द्रीय सदस्य गौरव विक, प्रदेश प्रतिनिधि बेलबहादुर मोक्तान, क्षेत्रीय प्रतिनिधि तेजबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.