मकवानपुर । ३७ औं विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले गरेका थिए। साथै, बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्































