२०८१ मंसिर १५, शनिबार १७:४७ गते
२०८१ मंसिर १५, शनिबार १७:४७ गते
मकवानपुर । नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समितिद्वारा संचालित वाणिज्य कानून विषयक आधारभूत तालिम समापन भएको छ । मंसिर ८ गतेदेखि शुरु भएको १० वर्ष भन्दा कम समय कानुन व्यवसायमा सम्लग्न कानून व्यवसायीहरुलाइ दिइएको तालिम शनिबार समापन भएको हो । नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समिति, कुपण्डोल, ललितपुरको आयोजना र उच्च अदालत बार एशोसीयसन हेटौंडा, जिल्ला अदालत बार एशोसीयसन मकवानपुरको सह–आयोजनामा तालिम भएको हो । ८ दिन सम्म चलेको तालिम ४२ घण्टाको थियो । तालिममा ४० जना अधिवक्ताहरुको सहभागिता रहेको अधिवक्ता चुडा उप्रेतीले जानकारी दिए । नेपाल बार एशोसीयसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको सभाध्यक्षता…