पालुङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

मकवानपुर । पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको फाईनलमा पुग्ने २ टिम छनोट भएका छन् ।

थाहा नगरको इन्द्रायणी चौरमा भएको प्रतियोगितामा आयोजक पालुङ जेसीजले बैंक तथा बित्तीय संस्थाका कर्मचारी यिमलाई २-१ गोल अन्तरले पराजित गरि आयोजक पालुङ जेसीज फाईनल प्रवेश गरेको हो । त्यस्तै थाहा नगरपालिका कर्मचारी टिमले नेपाल लेखापढी ब्यवशायी टिमलाई २-० गोल अन्तरले पराजित गरि थाहा नगरले फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि शनिबार बिहान ९ बजे आयोजक पालुङ जेसीज र थाहा नगरपालिका बिच फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.