लेडीको जेसीजको सप्ताह मंगलबारबाट सुरु हुने

मकवानपुर । जेसीआईं हेटौंडा लेडीको जेसीज सप्ताह २०२४ मंगलबारबाट सुरु हुने भएको छ । हेटौंडा लेडी जेसीज सन् २०२४ अध्यक्ष सजिता केसीका अनुसार विविध कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको हो । उनका अनुसार मंगलबार, बुधबार विहीबार गर चार दिनसम्म सातवटा कार्यक्रम आयोजना गर्न लागिएको छ ।

मंगलबार विहान हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण, दिउँसो हेटौंडा–८ स्थित शुभम् पार्टी प्यालेसमा व्यक्तिगत सौन्दर्यकला तालिम हुने भएको छ । खाद्यान्न वितरण कार्यक्रमको संयोजकमा सुनिता लुईंटेल र सौन्दर्यकला तालिमको संयोजकको जिम्मेवारी प्रतिमा ढकाललाई प्रदान गरिएको छ ।

बुधबार विहान हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर सरसफाइ र दिउँसो हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम तय गरिएको छ । सरसफाइ कार्यक्रमको संयोजकमा रञ्जु पुडासैनी तथा शैक्षिक सामग्री वितरण कार्यक्रमको संयोजकमा दिप्ती अधिकारीलाई तोकिएको छ ।

विहीबार विहान हेटौंडा–४ स्थित सितलमहल चोकमा स्लो स्कुट रेस प्रतियोगिता तथा दिउँसो हेटौंडा–८ स्थित चन्द्रोदय माविमा बुद्धरत्ज शाक्य स्मृति खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उफाध्यक्ष नम्रता श्रेष्ठले जानकारी दिइन् । स्कुटर रेस र वक्तृत्वकलाको संयोजकमा त्रमशः अस्मिता श्रेष्ठ र मोनिका पौडेल रहेकी छन् ।

शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरिनेछ । समापन समारोह हेटौंडा–८ स्थित शुभम् पार्टी प्यालेसमा हुनेछ । समापन तथा पुरस्कार वितरण कार्यक्रमको संयोजकमा सलोनी बटाजु रहेकी छिन् ।

सप्ताहव्याफी कार्यक्रमको सहमूल कार्यत्रम संयोजक मीना गुरुङ रहेकी छन् । जेसीजले हरेक वर्ष विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको महासचिव इन्दिर बानियाँले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.