हेटौँडा १९ मा नदि कटान रोक्न बिग बोल्डरिङ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित राप्ती खोलाको कटान रोक्नका लागि बिग बोल्डरिङ्ग गर्ने काम निरन्तर चलिरहेको छ । उक्त कार्यको प्रगतिका विषयमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामासहितको टोलीले निरिक्षण समेत गरेको छ ।

नगर प्रमुख लामासँगै ९ नम्बर वडाअध्यक्ष सुकराम केसी, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीसमेतले यसको निरिक्षण गरेको थियो ।

यस क्षेत्रको ७५० मिटर मध्ये ३२५ मितर माटो र ३१० मिटर बोल्डरीङ्ग गर्ने कार्य नारायणी नदि व्यवस्थापन कार्यालयको लगानीमा सान्नानटार राप्ती नदि तटबन्ध उपभोक्ता समिति मार्फत काम भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.