हेटौँडामा संस्मरण लेखन कार्यशाला सम्पन्न

मकवानपुर । नेपाल निवृत्त शिक्षक समाज मकवानपुर तथा शकुन्तला ढुङ्गेल स्मृति कोषको संयुक्त आयोजनामा आज हेटौँडामा निवृत्त शिक्षकहरूका लागि संस्मरण तथा यात्रा संस्मरण लेखन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम सिद्धार्थ माविको सभाकक्षमा भएको हो ।

कार्यक्रममा यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, गढी गाउँपालिका, बकैया गाउँपालिका तथा बाग्मती गाउँपालिकाका १९ जना निवृत्त शिक्षकको सहभागिता रहेको थियो । उद्घाटन, सहजीकरण, लेखन तथा समापन गरी चार चरणमा सम्पन्न सो कार्यक्रमको सञ्चालन कवि चेतप्रसाद पौडेलले गरेका थिए ।

नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष सीताराम दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुभद्रा लामिछाने राखेका थिए भने जिसस मकवानपुरका सदस्य खड्कबहादुर पुलामीले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका केन्द्रीय सचिव अभिमन्यु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि जनार्दन खनालले तत्काल रचित यात्रा कविता सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.