मकवानपुरगढीका ४ विद्यार्थीलाई गाउँपालिकाबाट ल्यापटप उपहार

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ छात्राहरुलाई ल्यापटप उपहार दिएको छ । गाउँपालिकाको तर्फबाट उक्त विद्यार्थीहरुको अध्ययनलाई सहयोग पुग्ने गरि ल्यापटप वितरण गरिएको गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिनले जानकारी दिईन्।

गाउँपालिकाले श्री भानु माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याएकी खुशी योन्जन र श्री चण्डिका माध्यमिक विद्यालयकी रस्मिता बिकलाई ल्यापटप प्रदान गरेको हो । त्यस्तै कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याएका श्री शारदा माध्यमिक विद्यालयकी तिर्थमाया गोले र शारदा माविकै सन्ध्या बिकलाई पनि ल्यापटप उपहार दिइएको छ ।

गाउँपालिकाले दलित तथा जनजाति प्रोत्साहन लक्षित कार्यक्रमअन्तर्गत उक्त ल्यापटप वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.