टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

मकवानपुर । टेलिचलचित्र ‘के ताल भो के ताल भो’ का साथै लघु चलचित्र ‘ल्होसार’ का विषयमा मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना भएको छ । मामाभान्जा फिल्म्स् प्रोडक्सन तथा झलझली मल्टि क्रियसन म्युजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको टेलिचलचित्र ‘के ताल भो के ताल भो’ हाँस्यव्यङ्ग्यमा आधारित समाजिक कथा वाचन गर्ने टेलिचलचित्र हो । यो टेलिचलचित्र अहिले हेटौँडाको नेशनल गोल्ड एच डी टेलिभिजनबाट हरेक शुक्रबार राति ८ः३० बजे प्रसारण हुनुका साथै युट्युब च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ ।

पत्रकार सम्मेलनमा बोल्दै टेलिचलचित्रका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीय स्तरमा पनि टेलिचलचित्र निर्माण र प्रसारण गर्ने आफुहरुको चाहना पुरा भएको बताए ।

टेलिचलचित्रलाई कलाकार दिलकुमार लामाले निर्देशन गरेका हुन् । बिनोदकुमार बानियाँको छायाँकन तथा सम्पादनमा तयार भएको टेलिचलचित्रमा हेटौँडाका दिग्गज कलाकारसँगैँ नव कलाकारहरुको अभिनय हेर्न सकिन्छ । हालसम्म यस टेलिचलचित्रको ४ भाग प्रसारण भइसकेको छ ।

टेलिचलचित्रमा कलाकारहरु कुमार शाह, माया घलान, दिलकुमार लामा, कुमार थिङ, शुशिला परियार, पुजा तामाङ, सरस्वती घताने, कल्पना घिमिरे, निशा राई, कृष्ण सुनार, सन्तोष भट्ट, बिनोदकुमार बानियाँ, मोनिका घताने, श्याम लामा, रहिस मियाँ, विजयकृष्ण श्रेष्ठ, कर्ण पाख्रिन, सञ्जी श्रेष्ठ, सलिम आलम, महेश राई, सुजु मगर लगायतको अभिनय रहेको छ ।

त्यस्तै लघु चलचित्र ल्होसारमा तामाङ समुदाय तथा अन्य समुदायले मनाउने पर्व ल्होछार (तथा ल्होसार) भित्र रहेका कुरितिका पाटोलाई समेट्दै नारी प्रधान कथालाई समावेश गरिएको यसका प्रस्तुतकर्ताहरुले बताएका छन् ।

ल्होसारमा आदेश तामाङ (टम) को निर्देशन तथा पटकथा रहेको छ । विरेन्द्र श्रेष्ठ र अतित तामाङ बलको छायाँकन रहेको चलचित्रमा बिनोद कुमार बानियाँको सह निर्देशन रहेको छ ।

चलचित्रमा विशाल महर्जन, सविना पाख्रिन, अजय राई, अस्मिता गौतम, पंकज सार्की, शीतल थोकर, एन्जिला सिंह गहतराज, मिलन खपाङ्गी मगर, कुमार थिङ, प्रिती लामा, दिलकुमार लामा, सानुमाया रुम्बा, देवलाल मुक्तान लगायतका कलाकाहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.