Day: २०८१ श्रावण १६, बुधबार १४:४१ गते

हेटौँडाको खोपेगल्लीमा विद्यूत तारमा आगलागी

हेटौँडाको खोपेगल्लीमा विद्यूत तारमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ खोपेगल्लीमा विद्यूत तार सर्ट भई आगलागी भएपछि अहिले त्यस क्षेत्रमा विद्यूत अवरुद्ध भएको छ । दिउँसो करिब १ बजेको समयमा विद्यूत पोल नजिकै भएको तारमा आगलागी भएको हो । खोपेगल्ली स्थित रेडियो अनमोल तथा दाजुभाई बेकरी भवन नजिकैको पोलमा रहेको तारमा आगलागी भएको हो । आगलागी हुँदा विद्यूतको ईलेक्ट्रिक फोहोरा समेत देखिएको थियो । विद्यूतको ईलेक्ट्रिक फोहोरा र विष्फोटनको आवाजले त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए । त्यस पश्चात पनि लामो समयसम्म विद्यूत लाईन नकाटिएकोले ठूलो दुर्घटनाको समेत डर रहेको थियो । हाल विद्यूत प्राधिकरण तथा स्थानीयको रोहबरमा तार फेर्ने काम भईरहेको छ…
Read More
टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

मकवानपुर । टेलिचलचित्र ‘के ताल भो के ताल भो’ का साथै लघु चलचित्र ‘ल्होसार’ का विषयमा मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना भएको छ । मामाभान्जा फिल्म्स् प्रोडक्सन तथा झलझली मल्टि क्रियसन म्युजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको टेलिचलचित्र ‘के ताल भो के ताल भो’ हाँस्यव्यङ्ग्यमा आधारित समाजिक कथा वाचन गर्ने टेलिचलचित्र हो । यो टेलिचलचित्र अहिले हेटौँडाको नेशनल गोल्ड एच डी टेलिभिजनबाट हरेक शुक्रबार राति ८ः३० बजे प्रसारण हुनुका साथै युट्युब च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा बोल्दै टेलिचलचित्रका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीय स्तरमा पनि टेलिचलचित्र निर्माण र प्रसारण गर्ने आफुहरुको चाहना पुरा भएको बताए । टेलिचलचित्रलाई कलाकार…
Read More
मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्य रहेको बागमती प्रदेश सभामा मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको थियो । विश्वासको मतका लागि भएको मतदानमा ३ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.