मकवानपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ पथलैया चोकबाट मकवानपुरका एकसहित २ युवकहरु पक्राउ परेका छन् । उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब २६ किलो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले बा. ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक दिपक र कारमा सवार अन्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्