Day: २०८१ श्रावण ३, बिहीबार २१:२२ गते

मकवानपुरका एकसहित २ युवक पक्राउ

मकवानपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ पथलैया चोकबाट मकवानपुरका एकसहित २ युवकहरु पक्राउ परेका छन् । उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब २६ किलो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले बा. ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक दिपक र कारमा सवार अन्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Read More
हेटौँडा १ र ३ मा सार्वजनिक सुनुवाई

हेटौँडा १ र ३ मा सार्वजनिक सुनुवाई

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । १ नम्बर र ११ नम्बर वडा जोड्ने राप्ती नदीबाट जथाभावी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिएको विषयलाइ लिएर सरोकारवालाहरुबिच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको १ नम्बर वडाध्यक्ष सबिन न्यौपानेले बताए । वडाध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरकी वडाध्यक्ष जुना दाहाल, हेटौँडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य इश्वरी रसाइली, ११ नम्बर वडासदस्यद्वय सन्जय बिडारी, विकास नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे । यसैगरी हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडामा पनि नदिजन्य पदार्थ उत्खनन बिषयलाइ लिएर सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । ३ नम्बर वडाध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.