हेटौँडामा १० विद्यार्थी राइडर पुरस्कृत

हेटौंडा । स्वास्थ्य सरोकार संस्थाको आयोजना र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको सहकार्यमा अन्तरविद्यालयस्तरीय साइकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगिताका बिजेता विद्यार्थी राइडरलाई हेटौंडा उपमहानगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सबिन न्यौपाने, स्वास्थ्य सरोकार कार्यक्रम संयोजक राजेन्द्र थापा, नेपाल ओलम्कि कमिटी सदस्यलगायतले पुरस्कृत गरेका थिए । सोसाइटीकातर्फबाट खेल संयोजन अशोक जोशी, प्रकाशनन्द बैद्य, सुवर्णमान प्रधान, दुर्गाप्रसाद लामिछाने, लक्ष्मीचरण श्रेष्ठ, बिक्रम राई, अनिता अधिकारी, सीता श्रेष्ठ, आशिष थापामगर, जय थापामगरलगायतले गरेको सोसाइटकिा अध्यक्ष राजु थापामगरले जानकारी दिए ।

प्रतियोगितामा छात्रातफ आधुनिक राष्ट्रिय माविका एनोरा तिवारी प्रथम, जीएस निकेतन माविका श्रीयान्सी कर्माचार्य द्वितीय, ब्रम्हदिक एकेडेमीकी स्पन्धन अधिकारी तृतीय भई पुरस्कृत भएका छन् । त्यसैगरी जीएस निकेतनकी आर्शु शाक्य, विद्यादेवी आचार्य सान्त्वना भएका थिए । छात्रतर्फको प्रतिष्पर्धामा आधुनिक राष्ट्रिय माविका आयुष दास प्रथम, नबोदय शिशुसदनका सोहन अग्रवाल द्वितीय, नबोदयकै अक्रिम श्रेष्ठ तृतीय भई पुरस्कृत भएका छन् । नबोदय शिशुसदनका ओम सेढाईं र कमाने एकेडेमीका बिश्वास अधिकारी सान्त्वना भएका छन् ।

पहिलो स्थान प्राप्त गर्ने प्रतियोगीले ५ हजार दोस्रो हुनेले ४ हजार, तेस्रो हुनेले ३ हजार चौथो तथा सान्त्वना हुनेले २ हजार र एक हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए । हिमालयन मोटर्सका संचालक सम्झौता सापकोटाले समन्वय गरेपछि सोसाइटीले प्रतियोगिता आयोजना गरेको हो । सोसाइटीले कोरा च्यालेन्ज, पर्यटन प्रवद्र्धन राईड, विद्यालयस्तरीय प्रतियोगिता र ५० वर्ष माथिका भेट्रान्स च्यालेन्ज संचालन गर्दै आएको छ । मेची–महाकाली अभियान, उत्तर–दक्षिण अभियानका साथै बिभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सोसाइटीले आफ्नो सहभागिता जनाउँदै आएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.