२०८३ असार १४, आईतवार १२:३४ गते
२०८३ असार १४, आईतवार १२:३४ गते
हेटौँडा । हेटौँडामा पहिलोपटक आयोजित तीनदिने ‘ड्रागन फ्रुट महोत्सव–२०८३’ उत्साहजनक रूपमा सम्पन्न भएको छ। असार ११ गतेदेखि १३ गतेसम्म हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजारमा सञ्चालित उक्त महोत्सवले किसान, उद्यमी र उपभोक्ताहरूलाई एकै थलोमा ल्याउँदै सफलतापूर्वक आफ्नो यात्रा पूरा गरेको छ। आयोजकका अनुसार महोत्सव निकै फलदायी सावित भएको छ। तीन दिनको अवधिमा करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुनुका साथै १० मेट्रिक टन (१०,००० केजी) ड्रागन फ्रुट बिक्री भएको छ। स्थानीय उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्याउने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले आयोजित यस महोत्सवले बजारमा ड्रागन फ्रुटको माग र सम्भावनालाई थप बलियो रूपमा स्थापित गरेको छ। महोत्सवले नेपाली फलफूलप्रति…