विश्व वातावरण दिवसका अवसरमा पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण

हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका-१ स्थित पाथीभरा मन्दिर जाने बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-११ को समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर जाने बाटोको दायाँ-बायाँ विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए।

कार्यक्रममा बोल्दै समन्वय समितिका प्रतिनिधिहरूले वातावरण दिवस केवल औपचारिकतामा मात्र सीमित नराखी, रोपिएका बिरुवाहरूको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.