समाचार

हेटौंडामा ‘नयाँपन’  थपियो

हेटौंडामा ‘नयाँपन’ थपियो

हेटौँडा,३१ बैशाख । बागमति प्रदेशको राजधानी हेटौंडामा बैशाख ३१ गते बुधबारदेखि थप दैनिक पत्रिका ‘नयाँपन’ प्रकाशनमा आएको छ । कम्युनिकेशन इन्डस्ट्री हेटौंडा, मकवानपुरले पत्रिकाको प्रथम अंक बजारमा प्रकाशनमा ल्याएको हो । धुर्ब अधिकारीको नेतृत्वमा रहेको पाक्षिक पत्रिकालाई नयाँ नेतृत्वले दैनिकमा परिणत गरेको पत्रिकाका सम्पादक दिपेन्द्र रोक्काले बताएका छन् । 'समाचार धेरै चोटि सोचेर लेखिन्छ तर समाचार प्रकाशन भएको कुरामा सम्झौता गरिन्न' रोक्काले पत्रीकाको प्रकाशकीयमा लेखेका छन् । पत्रिका निरन्तर प्रकाशित हुने र शनिबार भने पत्रिका प्रकाशन नहुने जनाइएको छ । श्यामस्वेत कलरको ट्याबलेट साइजको पत्रिका ४ पेजको छ ।
Read More
कैलाश गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधि तालिम सम्पन्न

कैलाश गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधि तालिम सम्पन्न

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत आधारभूत तथा माध्यामिक तहका सूचना प्रविधि (आईटी) स्रोत शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने सूचना प्रविधि सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा गत शुक्रबारदेखि सञ्चालन भएको तालिममा ४३ जना शिक्षक सहभागी थिए। तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको भौगोलिक विकटता र शिक्षामा सुधारको क्रमबद्ध अवस्थाका बीच पनि सूचना प्रविधिको प्रयोगले शिक्षामा नयाँ सम्भावना सिर्जना गर्ने बताए। उनले भने, “यहाँ चेतनाको कमी छ, शिक्षामार्फत नै चेतना फैलाउनु जरूरी छ। समाज परिवर्तन शिक्षाबाट हुन्छ, त्यसैले शिक्षामा समर्पण आवश्यक छ।” मुक्तानले विद्यालयमा उपलब्ध कम्प्युटर र अन्य आईटी उपकरणको…
Read More
कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एक सार्वजनिक सूचना जारी गर्दै कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द हुने जानकारी गराएको छ। पूर्वाधार विकास कार्यालय, हेटौंडाबाट प्राप्त पत्रको आधारमा, गाडी सञ्चालनको लागि प्रयोग हुँदै आएको उक्त सडकखण्ड २०८२ साल जेष्ठ २ गतेदेखि २०८२ साल जेष्ठ २० गतेसम्म (१९ दिन) सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द हुने जनाइएको छ। सडक मर्मत तथा स्तरोन्नतिको कार्यका कारण यातायात अवरुद्ध हुने भएकोले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। वैकल्पिक रूपमा कान्ति लोकपथ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक मार्ग प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
Read More
हेटौंडामा एड्भान्स ढाका बुनाइ र वारिष्टा सम्बन्धि सीपमुलक तालिम सुरु

हेटौंडामा एड्भान्स ढाका बुनाइ र वारिष्टा सम्बन्धि सीपमुलक तालिम सुरु

हेटौंडा । हेटौंडामा ३० दिने एड्भान्स ढाका बुनाइ तालिम सम्बन्धि सीपमुलक तालिम र २१ दिने वारिष्टा सम्बन्धि सीपमुलक तालिमको समुद्घाटन भएको छ। मंगलबारबाट "सीप सिकौं, उद्यमि बनौं" भन्ने नाराको साथ जाल्पादेवी महिला उद्यमि केन्द्रको आयोजना तथा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोग सहयोगमा उक्त तालिम सुरु भएको हो। उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुसालको प्रमुख भुसालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जी लामाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै १० नम्बर वडा अध्यक्ष लामाले हामी जनताहरुले तिरेको…
Read More
एकीकृत समाजवादी मकवानपुरको उपाध्यक्षमा भुजेल चयन

एकीकृत समाजवादी मकवानपुरको उपाध्यक्षमा भुजेल चयन

हेटौँडा । नेकपा एकीकृत (समाजवादी) को मकवानपुर जिल्ला उपाध्यक्ष पदमा धुर्बकुमार भुजेल सर्वसम्मत चयन भएका छन् । उनले जिल्ला सचिवको पदमा रहि काम गर्दै आएका थिए । बैशाख १८ गते हेटौंडामा बसेको जिल्ला कमिटीको म्यान्डेट अनुसार आइतबार जिल्ला पार्टी कार्यालय हेटौंडा ४ मा बसेको जिल्ला कमिटीको बैठकले केहि पदाधिकारीहरुलाइ पदोन्नति गरेको हो । यसैक्रममा उपसचिव पदमा रहेका किशोर बर्तौलालाई सचिव पदमा चयन गरिएको छ । उपसचिवमा गीता कडेरिया मैनाली चयन भएकी छिन् । पार्टी अध्यक्ष बिष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरु चयन गरेको हो । बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यतामा र पार्टीका केन्द्रिय…
Read More
पत्रकारमाथिको हिंसा र प्रेस स्वतन्त्रता संकुचनको विरोधमा प्रेस सेन्टरद्वारा हेटौँडामा ज्ञापनपत्र

पत्रकारमाथिको हिंसा र प्रेस स्वतन्त्रता संकुचनको विरोधमा प्रेस सेन्टरद्वारा हेटौँडामा ज्ञापनपत्र

हेटौंडा । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका सवालमा चासो व्यक्त गर्दै प्रेस सेन्टर बागमती प्रदेशद्वारा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा र प्रेस सेन्टर नेपाल, मकवानपुर कार्य समितिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। पत्रकारमाथि हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, सञ्चार स्वतन्त्रतामाथि हमलाजस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस सेन्टरले यस्ता कार्य रोक्न र संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेको हो। जिप्रका पुगेर ज्ञापन बुझाउँदा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रेस सेन्टरले उठाएका मुद्दाहरू गम्भीर रहेको स्वीकार गर्दै सम्भव भएसम्मको यथोचित सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन् । ज्ञापनपत्रमा समावेश प्रमुख १०…
Read More
हेटौंडामा २१८ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

हेटौंडामा २१८ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

हेटौंडा । हेटौंडामा गरिएको निशुल्क स्वास्थ्य शिविरमा २१८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित डाक्टर टोनी हेगन पार्क स्थित एक दिवसीय मुटु रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगको परिक्षण गरिएको हो । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा र नेपाल हृदय रोगनिवार प्रतिष्ठान मकवानपुरको संयुक्त आयोजनामा गरिको स्वास्थ्य शिविरमा मुटुरोगको साथै इसिजी, इको र पिसाबको प्रोटिन टेष्ट, प्रेसर, सुगर लगायतको परिक्षण गरिएको वडा सदस्य गोमा सुनारले जानकारी दिइन् । सुनारका अनुसार मुटुरोग २१८ जना, पिसाबको प्रोटिन टेष्ट २१८ जना, इसिजी १९८, इको १०५, प्रेसर, सुगर टेष्ट २१८ जनाले गराएका थिए । शिविरमा सहिद गङ्गालाल…
Read More
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको प्रथम जिल्ला परिषद सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको प्रथम जिल्ला परिषद सम्पन्न

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला कार्य समिति मकवानपुरको प्रथम जिल्ला परिषद गैसस महासंघ मकवानपुरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। परिषदको प्रमुख आतिथ्य वाग्मती प्रदेश सभा सदस्य माननीय भारती पाठकले गर्नुभएको थियो। कार्यक्रम जिल्ला अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो। परिषदमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य खडानन्द चौलागाईं तथा रामहरि विशेष अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू र डिभिजन वन कार्यालयका अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। परिषदमा सामुदायिक वनका समसामयिक विषयहरू, स्थानीय सहभागिता, र स्रोत व्यवस्थापनबारे छलफल भएको बताइएको छ।
Read More
रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पूनः अम्बिका पौडेल

रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पूनः अम्बिका पौडेल

हेटौंडा — रोटरी क्लब अफ हेटौंडा अन्तर्गतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्वती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन्। कार्यक्रम रोटरी ईन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्यतामा र अम्बिका पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रोटरी जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी सामुदायिक संघ समितिका…
Read More
हेटौंडा सिमेन्ट उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा सिमेन्ट उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी निर्णयको विरोधमा नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् माओवादी केन्द्र मकवानपुरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रिनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, "सरकार उद्योग पुनः सञ्चालन गर्ने दिशामा लाग्नुको साटो, चलिरहेको उद्योगलाई निजीकरण गर्न सक्रिय छ, जुन कुराले राष्ट्रको हितभन्दा पनि दलाल पुँजीपतिहरूको स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ।" गौतमले निजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.